जसरी अरू मानिसको मृत्यु हुन्छ त्यसैगरी मैले पनि एक दिन मर्नुपर्छ । तपाईंले पनि त्यो देह एक दिन अवश्य त्याग्नुपर्नेछ । पूर्वप्रधानमन्त्री सुशील कोइराला हुन् वा सामान्य जनताप्रसाद, मृत्युले कसैलाई भेदभाव गर्दैन ।
कारण फरक–फरक हुन सक्ला, तर मृत्यु सबैका लागि शाश्वत सत्य हो । हामी सबै जना एक दिन यही आकाश, जल, वायु, आगो, आकाशमा समाहित हुनेछौं, जसरी संसारका हरेक मानिस हुन्छन् ।
तर मृत्युले समेत समभाव राख्ने हाम्रो शरीरलाई हामी मानिसहरूचाहिँ किन भेदभाव गर्छौं ? ज्यूँदो हुन्जेल राक्षस करार गर्न तल्लीन मानिसलाई मृत्युपश्चात् किन देवत्वकरण गर्न प्रयास गर्छौं ? आउनुहोस्, यसको गजुरियल विश्लेषण गरौं ।
हामीलाई कसैको बोली उहाँ बाँचुन्जेल पटक्कै मन पर्दैन, तर मरेपछि बडो मृदुभाषी लाग्न थाल्छ । जीवनमा उहाँसँग एकपटक पनि भेट भएन, थिएन तर मृत्युपश्चात् अत्यन्तै मिलनसार हुन थाल्छ । सास रहुन्जेल रत्तिभर आस थिएन, तर लास भएपछि अति ठूलो अभिभावक गुमाएको महसुस हुन्छ । हिजोसम्म रावणजस्तै लाग्ने उहाँ, आज साक्षात् श्रीरामजीलाई ब्रह्मनालमा सुताएझैं लाग्छ ।
हामीमध्ये धेरै जना यस्तो मनोविकारबाट ग्रस्त छौं । विकार यस अर्थमा कि ज्यूँदो रहँदा कसैको सेतो केश चुँडेलको जीउजस्तो लाग्छ, मृत्युपश्चात् त्यही केश हिमालको हिउँझैं लाग्न थाल्छ । बाँचुन्जेल उहाँको जीवनशैली भकुर्न योग्य लाग्छ, मृत्युपश्चात् सिक्न योग्य हुन्छ । मरेपछि सादा जीवन, उच्च विचारको लाग्ने मानिसलाई बाँचुन्जेल भद्दा जीवन, तुच्छ विचारको आरोप लगाइन्छ । यो मनोविकार नै हो भन्ने गजुरियल ठम्याइ छ ।
मृत्युपश्चात् मानिसको स्वरूप परिवर्तन हुने भएकाले राम्रो भएको हो वा ज्यूँदाको कुरूप मनोदशा फेरिएकाले त्यस्तो भन्न थालिएको हो ? गजुरियल विश्लेषण भन्छ, मरेपछि मात्र राम्रो देख्नु भनेको, न लासले चोला फेरेको हो, न त सासवालाहरूले नयाँ दृष्टिकोणले हेरेको हो । यो त हामी ज्यूँदा लासहरूले मृत्युसँग साक्षात्कार गरेको हो ।
मृत्युको सन्दर्भमा हामीमध्ये अधिकांश ज्यूँदा लास छौं । ज्यूँदा लास यस अर्थमा कि स्वास फेर्छौं तर सत्य स्वीकार गर्न सक्दैनौं । हामीलाई लाग्दैन कि मेरो पनि मृत्यु हुन्छ । मेरो नाम, मेरो पद, मेरो प्रतिष्ठा, मेरो रूप, मेरो जीवन अमर रहन्छ भन्ने भ्रममा बाँचिरहन्छौं । मृत्युजस्तो शाश्वत सत्यलाई नजरअन्दाज गर्नु जिउँदो लास हुनु नै हो भन्ने गजुरियल ठम्याइ छ ।
मृत्युलाई स्वीकार नगर्नेले आफूमा गुण नै गुण देख्छ । अरूमा अवगुण नै अवगुण देख्छ । आफू लोभी छ तर मितव्ययी हुँ भन्छ । चाप्लुसी गर्छ तर मिलनसार मान्छ । धुर्त छ तर बाठो मान्छ । चाकडीबाज छ तर मिलनसार बताउँछ । ईष्र्यालु छ तर प्रभावित छु भन्छ । प्रेमी हुँ भन्छ तर स्वार्थमात्र पूरा गर्छ ।
अरूको राम्रो गुणलाई अवगुणको कसीमा तौलन्छ । कम बोल्दा लाटो भन्छ । धेरै बोल्दा घमन्डी भन्छ । भेट्न जाँदा चाकडी ठान्छ । भेट्न बोलाउँदा भाउ बढ्यो भन्छ । इमान्दार भयो, सुस्त मान्छ । विवेक पुर्यायो, चतुर्याइँ भन्ठान्छ । यसरी आÏना अवगुणलाई भ्रमको पर्दाले राम्रो देख्ने, अरूका गुणलाई अविश्वासको पर्दाले छेक्ने मानिस त्यतिखेर झसंग ब्युँझन्छ जतिबेला अरूको मृत्यु हुन्छ ।
मानिस ज्यूँदै हुँदा र मृत्युपछि हामीलाई किन यस्तो आकाश–जमिनको फरक महसुस भएको होला ? किन सास र लासमा त्यति साह्रो भिन्नता देखिएको होला ?
गजुरियल विश्लेषण भन्छ, यो सास र लासको भिन्नता होइन, त्रास र आसको अवस्था हो । अरूको मृत्युबाट आफूमा उत्पन्न हुने त्रासलाई कम गर्न मान्छे मरेपछि राम्रो भन्छौं । आÏनो मृत्युपछि अरूले राम्रो भनिदेलान् भन्ने आसले अरूको मृत्युमा फूलबुट्टा भर्छौं भन्ने गजुरियल ठम्याइ छ ।

No comments:
Post a Comment