Tuesday, February 16, 2016

पूर्वसशस्त्र प्रहरी महानिरीक्षक वलीविरुद्ध विशेषमा मुद्धा


माघ २९, २०७२- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सशस्त्र प्रहरी महानिरीक्षक वासुदेव वलीसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
नक्कली बिल भरपाई तथा कागजात पेश गर्न लगाई १ करोड १४ लाख ५४ हजार ४९ रुपैयाँ५० पैसा बराबरको रकम हिनामिना गरेको भन्दै मुद्धा हालेको हो ।
२०६३ वैशाख २९ देखि २०६५ चैत्र ३१ गते सम्म सशस्त्र प्रहरी महानिरीक्षकको पदमा कार्यरत रहँदा, सामान ढुवानी नै नगरी ढुवानी गरेको भनि झुठ्ठा बिल भरपाई पेश गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्धा दायर गरेको हो ।
‘निजकै आदेशरनिर्देशनमा सामान ढुवानी नै नगरी, सञ्चालनमा नभएकारनरहेका ट्रान्सपोर्ट कम्पनीहरुको झुठ्ठा बिल भरपाई तथा पत्रहरू तयार गर्नुका साथै संगठन मै कार्यरत नरहेकारनभएका कर्मचारीहरु समेतका नाममा ढुवानी गरिएको अख्तियारको आरोपपत्रमा भनिएको छ ।
यसैगरी पूर्व सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्रबहादुर कार्की र सशस्त्र प्रहरी निरीक्षक बिनबहादुर थापाले पनि एक करोड १४ लाख ४५ हजार ४९ बराबरकै भ्रष्टाचार गरेको आयोगको दाबी छ ।
सशस्त्र प्रहरी निरीक्षकद्वय मनुहीरा महतले २८ लाख १८ हजार ५ सय १५, शिवबहादुर अधिकारीलेसात लाख तीन हजार ३५, सशस्त्र प्रहरी नायब निरीक्षक देवेन्द्रकुमार श्रेष्ठले पाँच लाख ६० हजार ९ सय ५२ र सशस्त्र प्रहरी नायब निरीक्षक लेखबहादुर खत्रीले रु ४५ लाख २० हजार २७३ अनियमितता गरेको भन्दै बिगोदाबीसहित मुद्धा दायर गरिएको छ ।
यसअघि अख्तियारले सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षकद्वय कोषराज वन्त र शैलेन्द्रकुमार श्रेष्ठविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


प्रकाशित: माघ २९, २०७२

No comments:

Post a Comment