भाद्र ८, २०७२- - प्रेम त्यस्तो चिज हो जुन एक–अर्काबिना अधुरो अनि अपुरो हुन्छ ।
- माया धेरै किसिमका हुन्छन् तर बाबा–आमाले गर्ने माया र अरूले गर्ने मायामा आकाश–पातालको फरक हुन्छ ।
- प्रेमबिनाको जीवन आत्माबिनाको शरीरजस्तै हुन्छ ।
- माया पाउँदा खुसी हुने, धोका पाउँदा रुने । यो पनि एक किसिमको प्रेम नै हो । जसलाई माया गर्न आउँछ, उसले हँसाउन पनि जानेको हुन्छ अनि रुवाउन पनि ।
- प्रेम अजर अनि अमर हुन्छ । मुना–मदन तथा लैला–मजनुको प्रेम यसकै उदाहरण हुन् ।
- प्रेमले प्रेमी–प्रेमिकालाई बाँच्ने साहस दिनुका साथै हौसला, प्रेरणा दिनुका साथै हरेक पाइलामा साथ दिन्छ ।
- त्यस्तो प्रेम सफल हुन्छ, जसमा एक–अर्काबीच विश्वास हुन्छ ।
No comments:
Post a Comment