नेवार समुदायको जातीयता झल्काउने सांस्कृतिक सेरोफेरोमा मिस नेवा: ११३६ भव्यतापूर्वक सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न ११ औं संस्करणको मिस नेवा:को ग्रान्ड फिनालेमा २२ जना नेवार युवतीको सहभागिता थियो ।
आईसी फेसन डिजाइनिङ संस्थाका डिजाइनरहरूले तयार पारेको नेवारी तथा वेस्टर्न पहिरनको फ्युजनमा सजिएका प्रतिस्पर्धी सुन्दरीहरूमध्ये एन्जल श्रेष्ठले नयाँ मिस नेवा:को ताज आफ्नो शिरमा सजाइन् । एन्जल अर्बुद्ध रोग निवारण केन्द्रका लागि सद्भावना दूतसमेत नियुक्त भइन् । उनी मिस फोटोजेनिकको एवार्ड पनि हात पार्न सफल रहिन् । रेजिशा डंगोल फस्ट रनर्सअप भएको यो प्रतियोगितामा मिनु प्रजापतिले मिस फ्रेन्डसिपको एवार्डसहित सकेन्ड रनर्सअपको उपाधि जितिन् ।
प्रतियोगितात्मक कार्यक्रममा सहभागीहरूले सुम्दिमा सिल्क प्यालेसका सिल्क साडीमा आ–आफ्नो परिचय दिएका थिए । नेप्लिज फेसन होमको आयोजना तथा रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न मिस नेवा: प्रतियोगितामा रुही महर्जन डिसिप्लिन, रिभा शाक्य वेस्ट नेपाल भाषा, एन्जिला महर्जन पब्लिक च्वाइस, अन्जली शाक्य पर्सनालिटी, ग्रीष्मा कर्माचार्य चार्मिङ विधाका विजेता भएका थिए ।
यसैगरी सलोनी महर्जन बेस्ट स्किन, रस्ना महर्जन बेस्ट हेयर, सनिशा शाक्य बेस्ट स्माइल, स्यारोन तन्डुकार बेस्ट अटायर तथा मिस ट्यालेन्ट चयन भएका थिए । सोसल एम्बेसडर विधाको एवार्डमा रोश्मी भेले विजेता तथा रुबिना श्रेष्ठ फस्र्ट रनर्सअप छानिएका थिए ।

No comments:
Post a Comment