Wednesday, February 17, 2016

निमाले जितिन् मिस तामाङ पोखराको उपाधि




२८५२ औं सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ समाजद्वारा आयोजित मिस तामाङ पोखरा–२०१६ को उपाधि लेकसाइडकी निमा तामाङले जितेकी छिन । उपाधिसहित उनले मिस पर्सनालिटीको उपाधि पनि आफ्नो पोल्टामा पारिन् । फस्र्ट रनर्सअप बनेकी मुना स्याङ्बो तामाङले भ्युअर्स च्वाइस तथा बेस्ट कस्ट्युमको उपाधि जितिन् । यस्तै सेकेन्ड रनर्सअप गीता लामाले मिस ट्यालेन्टको उपाधिमा कब्जा जमाइन् ।
प्रतियोगिताअन्तर्गत भएको मिस कन्फिडेन्ट डोल्मा लामा, ब्युटिफुल स्किन तथा स्माइल जानुका घिसिङ तामाङ, मिस ब्युटिफुल आई आस्मा लामा, मिस फोटोजेनिक बिपना लामा, मिस डिसिप्लिन सोनी योञ्जन तामाङ, मिस ब्युटिफुल हेयर जिना तामाङ, मिस बेस्ट तामाङ ल्याङ्वेज उत्साह लोप्चान तामाङ, मिस क्याटवाक मनीषा तामाङ, मिस पर्फमर सोनी दोङ्ग तामाङ घोषित भए । प्रतियोगिताको मुख्य निर्णायकमा पूर्व मिस नेपाल नीलिमा गुरुङ थिइन् । कार्यक्रममा इन्दिरा गोले गुरुङ, शुक्र लामा तथा सञ्जीव लामाको सांगीतिक प्रस्तुतिका साथै एसके डान्स एन्ड एरोविक एवं सिम्पानी तामाङ समाजले सांस्कृतिक नृत्य प्रस्तुत गरेको थियो ।

No comments:

Post a Comment