म ५२ वर्षीय विवाहित पुरुष हुँ । मेरो यौन इच्छा श्रीमतीको भन्दा तीव्र भएकाले घरझगडा निम्त्याउनुभन्दा कहिलेकाहीँ म हस्तमैथुन गर्छु । यस क्रममा कहिलेकाहीँ बढी यौनसम्पर्क र हस्तमैथुनले कमजोर भए जस्तो महसुस हुन्छ । प्राय: बिहानको समयमा यौनसम्पर्क भएपछि यस्तो अनुभव हुन्छ । के बढी यौनसम्पर्कले कमजोरी हुन्छ ?
पी.
तपार्इंको कुरा सुन्दा यौनसम्पर्कबाट तपाईंले अध्यधिक सन्तुष्टि लिइरहनुभएको बुझिन्छ अन्यथा तपाईंले त्यसको मात्रा बढाउनुहुन्नथ्यो । स्वस्थ र नियमित यौनसम्पर्कले मानिसलाई अझ जाँगरिलो, जोसिलो र फुर्तिलो राख्छ । यसले मानिसको उमेरजन्य बूढ्यौली पनि कम गर्छ । मानिसलाई तन्दुरुस्त राख्छ । हालै मुसामा गरिएको एक अध्ययनमा नियमित यौनसम्पर्कले स्नायु तन्तुहरूको विकास राम्रो भएको र तनावयुक्त हार्मोन निर्माण कम भएको पाइएको छ । नियमित यौनसम्पर्कले मानिसको भावनालाई पनि सशक्त बनाउँछ र मानसिक तनावको तह घटाउँछ । सन्तोषजनक तथा स्वस्थकर यौनसम्पर्कबाट कुनै पनि जोडीले भोलिपल्ट तनाव घटेको महसुस गरेको पाइएको छ ।
संसर्गअघि आपसी कुराकानी, दु:खसुखका वातचित, भावना साटासाट गर्नु र पाक्क्रीडा आदिका माध्यमबाट सकारात्मक ग्रन्थिहरू सक्रिय हुन्छन् । त्यसले गर्दा मानिसले हरेक समस्यासँग जुध्ने क्षमताको विकास पनि गर्छ । यौनसम्पर्कको चरम आनन्दमा बढीभन्दा बढी पुग्ने मानिसहरू अरूभन्दा आकर्षक व्यक्तित्वको र स्वस्थ पनि हुने पाइएको छ । त्यसैगरी हस्तमैथुनबाट चरम आनन्द लिने मानिसहरूको रोग प्रतिरोधात्मक क्षमता बढेको अध्ययनहरूले देखाएका छन ।
बेलायतमा गरिएको अर्को अध्ययनले त यी दुवै आनन्द लिने विधि प्रयोग गर्नेहरूको मृत्युदर ५० प्रतिशतले कम रहेको औंल्याइएको छ । त्यसैले यसबाट कमजोरी हुन्छ भन्ने कुरा सत्य होइन । बरु शक्ति प्राप्त हुन्छ भन्नु उपयुक्त हुन्छ ।
आफ्नो साथीको चाहनाअनुसार र उसको मागअनुसार पनि सम्पर्क गर्नु श्रेयस्कर हुन्छ । आफ्नो पारिवारिक सम्बन्धमा असर पार्ने गरी वा सामाजिक सम्बन्धमा वा काममा असर पर्ने गरी यसको अभ्यास गर्नुहुँदैन । त्यस्तै यौनसम्पर्क स्वस्थकर हुनुपर्छ, सुरक्षित हुनुपर्छ । दुवै जना चरम आनन्दको अवस्थामा पुग्नुपर्छ । यसमा जोडी दुवैको सक्रियता र सन्तुष्टिको हिस्सा पनि समान तहको हुनुपर्छ ।
प्रकाशित: माघ १३, २०७२
No comments:
Post a Comment