फाल्गुन ३, २०७२-
- प्रेम गर्न भनेर कसैको पछि लाग्नु मुर्खता हो । त्यसरी पछि लाग्दा माया होइन, घृणामात्र हात लाग्न सक्छ ।
- प्रेम गर्नुअघि मित्रता गर्नु आवश्यक हुन्छ । असल मित्र नै भविष्यको असल प्रेमी अथवा प्रेमिका बन्न सक्छ ।
- प्रेममा कसैलाई प्रभावित तुल्याउन आफ्नो मन तथा व्यवहार असल हुनुपर्छ ।
- जोसँग प्रेम गर्न खोजिन्छ, उसको मनोभाव तथा चाहना बुझ्नु आवश्यक हुन्छ ।
- प्रेममा इमान्दारिता सबैभन्दा महत्त्वपूर्ण कुरा हो । प्रेममा इमान्दार हुन सकिएन भने त्यो प्रेम क्षणिक हुन सक्छ ।
- प्रेमी–प्रेमिकाले आ–आफ्नो समस्या तथा आवश्यकताभन्दा पनि उनको/उसको समस्यामा बढी ध्यान दिनु आवश्यक हुन्छ ।
- एक–अर्काको राम्रो बानीको प्रशंसा गरिरहनुपर्छ । सुन्दरताका सम्बन्धमा पनि प्रशंसा गर्दा फरक पर्दैन ।
- प्रेमबिनाको जीवन आत्माबिनाको शरीरजस्तै हुन्छ, त्यसैले प्रेममय जीवन जिउने प्रयास गर्नुपर्छ ।
- प्रेमले प्रेमी–प्रेमिकालाई बाँच्ने साहस दिनुका साथै हौसला, प्रेरणा पनि प्रदान गर्छ । हरेक पाइलामा साथ दिन्छ ।
- कसैलाई आफूले मन पराउने कुरा बताउनु छ अथवा प्रेम व्यक्त गर्नु छ भने ‘आई लभ यू’ को साटो ‘म तिम्रो कदर गर्छु’ अथवा ‘म तिम्रो सम्मान गर्छु’ भन्न सकिन्छ ।
प्रकाशित: फाल्गुन ३, २०७२
No comments:
Post a Comment