Friday, February 19, 2016

भुवनसँग अझै दूरी




भुवन केसी तथा सुस्मिता केसी (बमजम) कुनै बेला नेपाली चलचित्रका आदर्श जोडी मानिन्थे । उनीहरूले अभिनय गरेका चलचित्र व्यवसायिक रूपमा सफल पनि भएका थिए । कुनै बेलाका वास्तविक दम्पती भुवन र सुस्मिता यतिबेला एक–अर्काको नाम समेत उच्चारण गर्न नसक्ने अवस्थामा छन् भन्ने कुरा सुस्मिताको पछिल्लो फेसबुक स्टाटसले प्रमाणित गरेको छ ।


भुवन केसीको निर्माण तथा निर्देशनको चलचित्र ‘ड्रिम्स’ को पहिलो गीत सार्वजनिक भएपछि त्यसले प्रतिक्रिया पनि राम्रै पायो । सुस्मिताले पनि उत्साही हुँदै उक्त गीतको प्रसंसामा फेसबुकमा केही कुरा लेखिन् । उनको स्टाटसमा अनमोलप्रति माया र प्रशंसा छ ।

सुस्मिताले आफ्नो स्टाटसमा अनमोलमात्र होइन, नृत्य निर्देशकदेखि छायाँकारसम्मको प्रशंसा गरेकी छिन् तर चलचित्रका क्याप्टेन अर्थात् निर्देशक भुवन केसीको ‘भ’ समेत उच्चारण गरेकी छैनन् । चलचित्रका मुख्य व्यक्तिको नामसमेत उच्चारण नगरिनुलाई भुवन र सुस्मिताबीचको दूरी कति छ भन्ने कुरा स्पष्ट हुन्छ ।

No comments:

Post a Comment