फागुन ११ गते काठमाडौंमा आयोजना हुने मिस नेवा: ११३६ का प्रतिस्पर्धि युवतीहरु यतिबेला प्रशिक्षणसहित विभिन्न सामाजिक कार्यक्रममा व्यस्त भएका छन् । नेप्लीज फेसन होमले आयोजना गर्ने ११ औं संस्करणको यो प्रतियोगितामा यस पटक नेवार समुदायका २२ जना युवतीहरुले भाग लिएका छन् । प्रतियोगिताको प्रशिक्षणकै क्रममा मिस नेवा: का प्रतिस्पर्धि सुन्दरीहरुले ललितपुरको बगलामुखी मन्दिरमा लाखबत्ति बालेर शान्तिको कामना गरेका हुन् ।
व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण लिइरहेका नेवा: सुन्दरीहरुले देशमा अशान्तिको अन्त्य होस् भन्दै बंगलामुखीमा दीप प्रज्वलन गरेको बताएका छन् । उनीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले क्याटवाक लगायत आत्मविकास सम्बन्धी तालिम दिइरहेका छन् । दीप प्रज्वलन कार्यक्रममा सहभागि आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले कला र संस्कृति जगेर्णा गराउने उदेश्यले मिस नेवा: का सहभागिलाई लाखबत्ती बाल्ने कार्यक्रममा सहभागि गराएको बताइन् ।

No comments:
Post a Comment