युवा खेलाडीले मुलुकको प्रतिष्ठा बढाए : कांग्रेस
फाल्गुन ४, २०७२- नेपाली कांग्रेसले १२ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा स्वर्ण पदक विजेता नेपाली टिमलाई बधाई तथा शुभकामना दिएको छ ।
कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले मंगलबार विज्ञप्ति जारी गरी साग खेलकुदमा २३ वर्षपछि प्राप्त विजयले नेपालको शिर उँचो बनाएको उल्लेख गर्दै खेलाडी, प्रशिक्षक एवं खेलसँग सम्बन्धित सबै सरोकारवाला पक्षलाई पार्टीका तर्फबाट बधाई दिएका छन् ।
उनीहरूले तेइस वर्षपछि फुटबलमा स्वर्ण जितेर नेपाली युवा टोलीले नेपालको प्रतिष्ठा बढाएको भन्दै सोमबारको विजयले भविष्यमा अरू ठूला उपलब्धि हासिल गर्न सकिन्छ भन्ने भरोसा जगाएको उल्लेख गरेका छन् । उनीहरूले खेलाडी र तिनका प्रशिक्षकले देखाएको प्रतिभाले राष्ट्रलाई नै गौरवान्वित बनाएको बताएका छन् ।
उनीहरूले सागको महिला फुटबल टिम पनि फाइनलसम्म पुग्न सफल भएकोमा बधाई दिँदै आगामी दिनमा अझै राम्रो हुँदै जाने अपेक्षा गरेका छन् । कांग्रेसले सागमा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई समेत बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

प्रकाशित: फाल्गुन ४, २०७२
No comments:
Post a Comment