म ३६ वर्षीया महिला हुँ । मैले २० वर्षको उमेरमा ३३ वर्षको व्यक्तिसँग विवाह गरें । विवाह गरेको ४ वर्षसम्म हामीबीच सामान्य यौनसम्बन्ध थियो तर पछि सामाजिक रूपमा विभिन्न कुरामा मतभेद हुँदैं जाने क्रममा हामीबीचको सम्बन्धमा पनि नकारात्मक प्रभाव देखा पर्न थाल्यो । अहिले उहाँको र मेरो रुचि खासै मिल्दैन । मलाई सौन्दर्य, चलचित्र तथा घुमघाममा रुचि छ तर उहाँलाई यस्ता कुरामा समय खेर फ्यालेजस्तो मात्र लाग्छ । उहाँको यस्तो प्रतिक्रयाले मलाई निकै असहज महसुस हुन्छ । हामी दुईको उद्देश्य नमिल्दा हाम्रो यौनसम्पर्क पनि कम हुँदै गएको छ । यसलाई कसरी व्यवस्थित गर्ने होला ?
जी.
जी.
विभिन्न अध्ययनले देखाएअनुसार आदर्श सम्बन्धका लागि दम्पतीबीचको उमेर तीन–चार वर्ष मात्र फरक हुनुपर्छ । उस्तै–उस्तै उमेरका श्रीमान्–श्रीमती वा श्रीमान्भन्दा श्रीमती केही कम उमेरको भए पनि उनीहरूबीचको सम्बन्धमा खासै समस्या आउँदैन भने यौनजीवन पनि सन्तुष्टिले भरिपूर्ण हुन्छ । यसका साथै श्रीमती श्रीमान्भन्दा केही बढी उमेरको भए पनि खासै फरक पर्दैन, यदि उनीहरूले उमेरको विषयलाई ठूलो मुद्दा बनाउँदैनन् भने ।
श्रीमान्–श्रीमतीबीचको उमेर १२ वर्षभन्दा माथि छ भने उनीहरूका चाहना, प्राथमिकता तथा शारीरिक गतिविधिहरूमा भिन्नता देखा पर्न सक्छ । उमेर बढ्दै जाने क्रममा प्राथमिकता र चाहना अर्कै खालका हुन्छन् । बढी उमेरका श्रीमान् कम उमेरकी श्रीमतीका लागि साथीभन्दा पनि अभिभावकजस्ता हुन्छन् । यसैलाई सकारात्मक रूपमा लिने हो भने श्रीमान्बाट अभिभावकले जस्तै बढी केयरिङ पनि प्राप्त गर्न सकिन्छ । यहाँ तपाईंहरूको उमेरको फरकबाट सिर्जित समस्यालाई हेर्दा श्रीमान्ले श्रीमतीको उमेरजन्य चञ्चले व्यवहारलाई सहज रूपमा बुझ्नु, त्यसलाई स्वीकार गर्नु तथा उनको चाहनाअनुरूपको
व्यवहार गर्नु समाधानको उपाय हुन सक्छ ।
बढी उमेरको श्रीमान्लाई उनको उमेरजन्य गतिविधिहरूको अनुभव गर्न रोक्दा अप्राकृतिक निषेध हुन्छ । अर्को कुरा, तपाईंको श्रीमान्लाई तपाईंको चाहनाअनुरूपका गतिविधिमा तानेर ल्याउँदा त्यही कुरा दोहोर्याउँदा हुने जस्तो दिक्दारी हुनु पनि स्वाभाविक हो । तपाईंले परिपक्व श्रीमान्बाट हुने अभिभावकत्व तथा अनुभवबाट प्राप्त हुन सक्ने लाभ लिनुपर्ने हुन्छ । श्रीमान्ले पनि श्रीमतीको उमेरअनुरूपको व्यवहारमा कसरी समायोजन गर्न सकिन्छ, ध्यान दिनुपर्छ । यसले दुवै जनालाई नजिक ल्याउन मद्दत पुर्याउँछ । त्यसपछि यौन जीवनका सम्बन्धमा छलफल गर्ने, श्रीमान् र श्रीमतीको यौनचाहना र सन्तुष्टिका बारेमा बुझ्ने, यौनमा रोमाञ्चकता भए नभएको बुझेर त्यसैअनुरूप यसमा निखार ल्याउने काम भए उमेरको फरकबीच पनि सन्तुष्टि प्राप्तिका नयाँ ढोकाहरू खुल्न सक्छन् । दुवैका चाहना एवं आकांक्षाहरूलाई सम्मान गर्न सक्दा फेरि एउटा रमाइलो वातावरण निर्माण हुन सक्छ । दुवै जना अलग–अलग दिशातर्फ फर्कने हो भने त उपलब्ध सम्भावनाहरू पनि गुम्न सक्छन् । त्यसैले उमेरको ठूलो फरकबीचका सम्भावना खोज्नेतर्फ लाग्नु नै उपयुक्त हुन्छ ।

प्रकाशित: माघ २१, २०७२
No comments:
Post a Comment