अभिनेत्री करिश्मा मानन्धर यतिबेला उत्साहित छिन् । करिब १२ वर्षपछि आफैंले निर्माण गरेको चलचित्र ‘फागु’ को प्रदर्शनलाई लिएर उनी उत्साहित देखिएकी हुन् ।
केही अघि डा.बाबुराम भट्टराईको ‘नयाँ शक्ति’ मा आबद्ध भएपछि चर्चामा आएकी करिश्माले चलचित्र तथा राजनीति दुई भिन्न विधा भएकाले एउटै नजरले नहेर्न आग्रह गरेकी छिन् । करिश्माले हरेक नेपाली कलाकारले राजनीति बुझ्न आवश्यक रहेको बताउँदै आफ्नो नामसँग जोडेर गरिएको आलोचना नेपाली राजनीतिक अवस्थाप्रतिको वितृष्णा भएको जिकिरसमेत गरेकी छिन् ।
सम्झना उप्रेती रौनियारद्वारा निर्देशित आफ्नो चलचित्र ‘फागु’ दर्शकको चाहना तथा भावनाअनुरूप बनेको करिश्माको दाबी छ । हरेक साता तीन–चार वटा चलचित्र प्रदर्शन भैरहेकोमा दु:खी करिश्माले राम्रा चलचित्रहरू जुध्न नहुने तर्कसमेत गरेकी छिन् ।

No comments:
Post a Comment