केही गर्न नसक्नेलाई सधैं अगाडि नै सारिन्छ नेपालमा । नेतालाई हेरेर पनि थाहा हुनुपर्ने हो ।
सागर दर्नालविवाहको दिन दुलहीकै घरमा दुलहीलाई अघि नलगाए बाटो कसरी थाहा पाउनु ?
द्रोण आचार्य, विजय भुसाल
महिलाको पालो पहिला नि त ।
अरबिन्द कुमार, प्रेम नारायण
आफ्नो कर्तव्य र दायित्व पूर्ण रूपमा निर्वाह गर्छु भनेर वाचा गर्नलाई होला ।
विष्णु घिमिरे
लोग्नेमानिसको जात, दुलही भाग्लिन् भन्ने डरले पछि लागेका होलान् ।
अर्जुन
यो प्रश्नचाहिँ विवाहित जोडीसँग सोध्नुहोला । मजस्तो अविवाहितलाई के थाहा ?
धु्रवनारायण श्रेष्ठ
हिन्दू धर्मले महिलालाई लक्ष्मीको मान्यता दिएकाले अघि लगाएका होलान् ।
नवराज पाण्डे
दुलहीको खुसीका लागि सम्झौता गरिएको हुन सक्छ ।
प्रकाश बास्तोला
विवाहमा दुलही अगाडि भएर के हुन्छ, त्यसपछि जिन्दगीभर दुलाहा नै अगाडि हुने त हो नि ।
रुप्स शर्मा
धार्मिक आस्था ।
इश्वरराज सोती
दुलहीमा लक्ष्मीको बास हुने हाम्रो सामाजिक मान्यताका कारणले ।
सागर भाई
महिलालाई पहिलो प्राथमिकता दिइएको हो कि ?
समीर तामाङ, विदुर सिग्देल
त्यसपछि जिन्दगीभर दुलही दुलाहाको पछि लाग्ने त हुन् ।
राजकुमार न्यौपाने
कुनै पण्डितसँग सोधेर भन्छु ल ।
माया
यो कलियुग हो, जे गरे पनि हुन्छ । त्यही भएर दुलहीलाई अगाडि लगाएका होलान् ।
प्रबिन नेपाल
पुरानो चलन भएर हो कि ?
नरेन पुरी
दुलहीलाई अरूले चोरेर लैजान्छन् भन्ने डरले होला ।
एकबहादुर शास्त्री
खै, मेरो त विवाह भएको छैन, मलाई थाहा छैन ।
लामा वाङ्चु, विकास थापा, दिनेश क्षेत्री
पुरुषको जिन्दगीलाई महिलाले नेतृत्व गरेका हुन्छन्, त्यसैले ।
ज्योतिका राई
शुभसाइतका लागि ।
रानु थापा दर्लामी, अर्जुन दाहाल
विवाहको दिन पो दुलही अगाडि, त्यसपछि त दुलाहा जता गयो दुलही त्यतै ।
सोझो सुरजकुमार
महिलालाई सम्मान गरेर होला ।
ईश्वरी पोखरेल
अगाडि नलगाए महिला हिंसाका आवाज उठाउनेहरूले खेदो खन्लान् भन्ने डरले होला ।
सुनिल न्यौपाने
घरमा लक्ष्मी भित्रिन्छिन् भनेर दुलहीलाई अगाडि लगाइएको हो ।
सुरज गिरी
दुलहीको अधिकार धेरै भएकाले ।
विवेक चौधरी
यो त संस्कृति हो ।
श्याम घिसिङ
रीति र परम्पराअनुसार त्यसो गरिएको होला ।
उज्ज्वल श्रेष्ठ
जीवनभर आफू अगाडि रहेर श्रीमान्लाई जुनसुकै अवस्थामा साथ दिँदै आफूसँगै डोर्याउँछु भन्ने विश्वासका कारण दुलही अगाडि लागेकी होलिन् ।
ज्ञानराज
हाम्रो समाजको परम्परा ।
दीप
थारु समुदायमा त दुलाहा अगाडि र दुलही पछाडि हुन्छन् ।
सुशील कठरिया
३३ प्रतिशत हक–अधिकारका कारणले गर्दा ।
बलराम अविरल श्रेष्ठ
हो, है । सँगै बाँच्ने, मर्ने कसम खाएर विवाह गर्छन्, तैपनि दुलही अघिअघि किन हिंड्छन् ?
राज गौतम
बिधवा भएर मर्न नपरोस् र मृत्यु आउँदा मैले नै त्यसको सामना गर्नु परोस् भनेर पो हो कि ?
रञ्जित शाह
जिन्दगीमा झमेला अगाडि लागेको होला नि । झमेलाको संकेत होला त्यो ।
वासुदेव जोशी
आफ्नो घर छाडेर अर्काको घर जानुपरेपछि किन पछाडि हिंड्ने भनेर होला नि ।
सुवास आलेमगर
मेरो विवाह भएको छैन, मलाई थाहा भएन ।
सञ्जय खड्का
लगाएको गहना हराउँछ कि भनेर ।
सोम खनाल
दुई जना सँगै हिंड्न नमिलेर ।
सन्दीप दंगाल
नारीको ठाउँमा पुरुष दुलहीको घर जाने परम्परा भए दुलाहा नै अघि लाग्थे होलान् ।
बाटोघरे कान्छा
माइतबाट घर जान हतार भएर होला ।
एमबी कार्की
विवाहपछि पनि पछ्याउने श्रीमतीलाई नै हो । त्यही भएर अभ्यास गरेको होला नि ।
कवि क्षेत्री
दुलही नै यही धर्तीकी जननी भएर ।
गणेश घिमिरे, बिराटनगर
चलनचल्ती नै दुलहीलाई अघि लगाउने भएर ।
सीता शर्मा
दुलही पछि भइन् भने भाग्ने डर होला नि ।
मेवाहाङ राई
बुहारीलाई स्वागत गरेको नि ।
सरोज केसी
विवाहदेखि नै दुलाहालाई पछाडि पारेर दुलही अघि बढ्ने भएकाले ।
विवेक पोखरेल
No comments:
Post a Comment